× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    भारतीय केन्द्रीय रेल राज्यमन्त्रीको कोरोनाबाट मृत्यु

    ४ वर्ष पहिले

    काठमाडौँ । भारतीय केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।६५ बर्षिय रेल राज्यमन्त्री सुरेशको बुधबार साँझ दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई सेप्टेम्बर ११ मा कोरोना पुष्टि भएपछि एम्समा भर्ना गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।राज्यमन्त्री सुरेशको मृत्युपछि भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले दुख व्यक्त गरेका छन् ।सुरेस कर्नाटकको बेलगावीबाट चार पटक सांसद बनेका थिए । उनले सेप्टेम्बर ११ मा आफैले कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।उनको निधनमा विहिबार दिल्लीस्थित सबै सरकारी कार्यालयमा रहेका झन्डा आधा झुकाउने भारतीय गृहमन्त्रालय जनाएको छ ।भारतमा कोरोनाबाट यस अघि उत्तर प्रदेश राज्यका दुई मन्त्रीको मृत्यु भइसकेको छ भने अहिले सम्म ९० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।