× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अधिक वर्षाको कारण पहिरोले जताततै सडक अवरुद्ध

    ४ वर्ष पहिले

    अविरल वर्षाका कारण देशका बिभिन्न स्थानमा पहिरो खस्दा एक दर्जन बढी सडकहरु अवरुद्ध भएका छन्।

    चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित ४ किलोमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डको सवारी आवागमन एकतर्फी पहिरो पन्छाएसँगै आलो-पालो संचालनमा आएको छ।

    पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० जोगिमारा, तिङग्राङखानी, ज्याङखोला, मौवाखोला, बादरेभिरमा लेदोमाटो सहितको पहिरो खसीरहेका कारण उक्त स्थनमा पनि सवारी साधन एकतर्फी संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङ्गले जनाएको छ।

    गोर्खाको गोर्खा नगरपालिका–३ किलोमा पहिरो जाँदा गोर्खा–आवुखैरेनीमा सवारी आवागान अवरुद्ध भएको छ। यस्तै गोर्खाकै आरुघाट गाउँपालिका–९ भञ्ज्याङमा पनि सडक माथिबाट खसेको पहिरोले गोरखा-आरुघाट सडक खण्ड अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ। पहिरोको कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ।

    मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-३ भालटार र ईन्द्रसरोवर गाउँपालिका–२ मा पहिरो खस्दा हेटौडा–सिस्नेरी–काठमाडौं र भीमफेदी–कुलेखानी–काठमाडौं सडकमा दुई तर्फी सवारी आवागमन अवरुद्ध बनेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ।अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ भैसेमा आज बिहान पहिरो खसेर सवारी आवागमन पूर्णरुपमा प्रभावित भएको छ। कान्तिलोकपथ अन्तर्गत बागमती गाउँपालिका–३ भालुखोलमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको छ। पर्वतको जलजला गाउँपलिका–८ र्फसेमा पनि आज बिहान पहिरो खस्दा बेनी–मालढुङ्गा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

    सिद्धार्थ राजमार्गस्थित पाल्पाको तानसेन नगरपालिका–८ तल्लो डुम्रेमा गएराति पौने १० बजे लेदो माटो सहितको पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको छ। निरन्तर पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।गुल्मीको सत्यवती गाउँपालिका–५ बादरे भिर र दहरे खोलामा लेदो सहितको पहिरो आउँदा रिडी बाग्लुङ सडकखण्डमा पनि सवारी आवागमन प्रभावित भएको छ।