× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा १४९७ जना कोरोना भाइरस संक्रमित थपिए,थप १७ जनाको मृत्यु

    ४ वर्ष पहिले

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४सय ९७ जना संक्रमित थपिएका हुन् । २४ घण्टामा ११ हजार ४ सय ४९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ९ लाख ५५ हजार ९ सय २३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म संक्रमित हुनेको संख्या ६९ हजार ३ सय २ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ३७ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ४ सय ५७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५० हजार ४ सय २२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १७ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय ४५३ पुगेको छ । त्यसैगरी क्वारेन्टिनमा ६५६५ रहेको छ ।