× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    खोप प्रयोगमा आउनु आउनुअघि नै कोरोनाबाट २० लाख मानिसको ज्यान जान सक्ने डब्लूएचओको चेतावनी

    ४ वर्ष पहिले

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड १९) को स‌ंक्रमणका कारण झण्डै २० लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ ।

    विश्वभर विभिन्न प्रकारको खोपको परीक्षण भइरहेका बेला डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।
    डब्लूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले अन्तर्राष्ट्रिय एकता बिना कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सोचेभन्दा धेरै हुने बताए

    गत वर्ष चीनबाट सुरु भएको कोरोना संक्रमणका कारण अहिलेसम्म झण्डै १० लाख मानिसको ज्यान गइसकेको छ । उत्तरी गोलार्धमा जाडो महिना सुरु हुन थालेसँगै कोरोना भाइरसको दोस्रो लहर सुरु हुन बताइएको छ । अहिलेसम्म अमेरिका, भारत र ब्राजिल गरी तीन देशमा मात्रै गरी १ करोड ७८ लाखमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    पछिल्ला दिनहरुमा युरोपमा पनि संक्रमण र मृत्युको दर बढ्दै गएको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको छ ।

    संक्रमण बढ्ने दर अझै नियन्त्रणमा नआएकाले खोपको उपलब्धता अघि नै अझै मानविय क्षति हुने डब्लुएचओले अनुमान गरेको हो ।(एजेन्सी)