४ वर्ष पहिले
असोज १०, २०७७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ७ जना संक्रमित थपिएका हुन् ।
२४ घण्टामा १० हजार १९ सय जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ९ लाख ७८ हजार १ सय ४२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म संक्रमित हुनेको संख्या ७१ हजार ८ सय २१ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ ।संक्रमितमध्ये ७ हजार ८ सय३३ संस्थागत आइसोलेसनमा छन् भने १० हजार ५ सय ८ जना होम आइसोलेसनमा रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ४७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ८ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ । त्यसैगरी क्वारेन्टिनमा ६ हजार ३ सय ३१ जना रहेको छ ।