× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    कोलकाता नाइट राइडर्सले आइपीएलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो

    ४ वर्ष पहिले

    इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को आठौं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । यो कोलकाताको जारी आइपिएलमा पहिलो जित हो । हैदराबादको लगातार दोस्रो हार हो ।


    शनिबार राती आठौं खेलआबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४२ रनको योगफल तयार गरेको थियो। हैदराबादका मनिष पान्डेले अर्ध शतकीय इनिङ खेल्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

    १४३ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको कोलकाता नाइट राइडर्सले तीन विकेटको क्षतिमा १८ ओभरमा पुरा गर्यो । कोलकाताको जितमा युवा ब्याट्सम्यान तथा ओपनर सुवमन गिल ६२ बलमा ५ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे

    पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बेंगालोरसँग १० रनले पराजित भएको थियो । कोलकाता मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो । हैदराबादले तेस्रँो खेल दिल्ली क्यापिटल्ससँग २९ सेप्टेम्बरमा खेल्ने छ । कोलकाताले ३० सेप्टेम्बरमा राजस्थान रोयल्सँग खेल्ने छ ।

    आइपिएल अन्तर्गत आज राती किंग्स इलेभेन पञ्जाब र राजस्थान रोयल्सबीच हुदै छ।