× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    रोमाञ्चक खेलमा राजस्थान रोयल्सले किंग्स इलेभेनलाई हरायो

    ४ वर्ष पहिले

    इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को नवौं खेलमा किंग्स इलेभेनविरुद्ध राजस्थान रोयल्सले रोमान्चक जित निकालेको छ । राहुल टेवाटियाको अविश्वसनीय ब्याटिङ प्रदर्शनमा आइतबार राती राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै कीर्तिमान रचेको हो । निर्धारित २० ओभरमा पञ्जाबले मात्र २ विकेट गुमाएर बनाएको २२३ रनको लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा भेटाएको थियो ।


    आईतबार राती शारजाह क्रिकेट स्टेडियममा टस टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २ सय २३ रन बनाएको थियो । पञ्जाबका लागि ओपनरद्वय लोकेश रावल र मयंका अग्रवालले ठोस सुरुवात गरेका थिए । कप्तान रावलले ५४ बलमा ६९ रन बनाएका थिए भने अग्रवालले ७ छक्का र १० चौकाको सहयोगमा ५० बलमा १०६ रन रनको योगदान दिए । त्यसपछि ग्लेन म्याक्सवेलले १३ र निकोलस पुरनले २५ रन बनाउँदा राजस्थानविरुद्ध चुनौतिको विशाल पहाड खडा भयो ।


    राजस्थानका टम करनले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । अंकित राजपूतले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा ४६ रन खर्चेपनि विकेट लिन सकेनन् ।

    २२४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । आइपिएल इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पछ्याएको यो सर्वाधिक ठूलो योगफल हो । राजस्थान रोयल्सको जितमा सञ्जु सामसुङ र राहुल टेवाटियाले विस्फोटक ब्याटिङ गरेरका थिए सञ्जुले ४२ बलमा ७ छक्का र ४ चौकाको सहयोगमा ८५ रन र राहुल टेवाटिया ३१ बलमा ७ छक्का सहित ५३ रनको महत्त्वपूर्ण योगदान दिए ।

    पञ्जाबका जेम्श निशमले ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए । शेल्डन कटरेलले ३ ओभरमा ५२ रन खर्चेर १ विकेट लिए ।

    सोमबार साँझको खेल रोयल च्यालेन्जर बंगलोर र मुम्बइ इण्डियन्सबीच हुनेछ ।