× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हरायो

    ४ वर्ष पहिले

    इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । यो रोयल च्यालेन्जर्स बेंगलोरको जारी आइपिएलमा दोस्रो जित हो । मुम्बई इन्डियन्स को दोस्रो हार हो ।
    सोमबार राती दशौं खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०१ रनको योगफल तयार गरेको थियो। रोयल च्यालेन्जर्स बेंगलोरका डिभिलियर्स र फिन्चको अर्ध शतकीय इनिङमा राम्रो स्कोर बनाउन सफल रह्यो।
    २०२ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको मुम्बई इन्डियन्सले २० ओभरमा पाँच विकेट गुमाउँदै २ सय १ रनमात्र बनाएका थिए । त्यसपछि यो खेल बराबरीमा सुपर ओभरमा गएको थियो ।
    सुपर ओभरमा मुम्बईले पहिले ब्याटिङ गर्यो । मुम्बईका ब्याट्सम्यानले यसमा केवल सात रन मात्र बनाउन सके । बैंगलोरका ब्याट्सम्यान एबी डिभिलियर्स र कप्तान विराट कोहलीले यो टार्गेट सहज पार गर्यो र खेल जित्यो ।