× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले हरायो

    ४ वर्ष पहिले

    इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को एघारौं खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनल पराजित गरेको छ । यो हैदराबादको जारी आइपिएलमा पहिलो जित हो । दिल्ली क्यापिटल्स को पहिलो हार हो ।
    मंगलबार राती शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ गरेको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर सम्मानजनक १६२ रनको योगफल तयार गरेको थियो।हैदरावादका लागि जोनी बैरस्ट्रवले ५३ रन बनाए भने डेविड वार्नरले ४५ रन बनाएर आउट भए ।

    त्यस्तौ केन विलियाम्सनले ४१ रन बनाए भने मनिष पाण्डे ३ रन बनाएर आउट भएका थिए । त्यसैगरी अब्दुल समादले अविजित १२ रन बनाए ।


    १६३ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको दिल्ली क्यापिटल्सले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रनमात्र बनाएका थिए ।दिल्लीका लागि शिखर धवनले सर्बाधिक ३४ रन बनाए भने रिषव पन्तले ३२ रन बनाए । त्यस्तै शिमरन हेटमायरले २१ रन बनाए भने कप्तान श्रेयस अय्यरले १७ तथा मार्कोस स्टोइनिसले ११ तथा कागीसो रबाडाले १५ रन बनाए ।

    दिल्लीलाई पराजित गर्नको लागि स्पिनर राशिद खानले घातक बलिङ गरेका थिए । उनिले ४ ओभरमा १४ रन खर्चेर प्रमुख ३ विकेट लिए ।

    दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा र दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो । दिल्लीले चौथो खेल शनिबार कोलकाता नाइट राइडर्ससँग शारजाहमा खेल्ने छ । हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोरसँग पहिलो खेलमा १० रनले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ७ विकटेले हारेको थियो । चौथो खेल हैदराबादले शुक्रबार चेन्नई सुपर किंग्सँग दुबईमा खेल्ने छ ।

    आज साँझको खेल राजस्थान रोयल्स र कोलकोता नाइटराइडर्स बीच हुनेछ ।