× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा १५५९ जना कोरोना भाइरस संक्रमित थपिए,थप ७ जनाको मृत्यु

    ४ वर्ष पहिले

    असोज -१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५९ जना संक्रमित थपिएका हुन् ।

    २४ घण्टामा १२ हजार २ सय ५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख २१ हजार ५ सय ३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म संक्रमित हुनेको संख्या ७७ हजार ८ सय १७ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेको छ ।संक्रमितमध्ये १० हजार ८७ संस्थागत आइसोलेसनमा छन् भने १० हजार ८ सय ४ जना होम आइसोलेसनमा रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ७ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५ हजार ४ सय २८ जना रहेको छ । त्यसैगरी आईसीयूमा २०१ र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको छ।