× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा १९११ जना कोरोना भाइरस संक्रमित थपिए,थप ११ जनाको मृत्यु

    ४ वर्ष पहिले

    असोज -१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ सय ११ जना संक्रमित थपिएका हुन् ।

    २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ३३ हजार ९ सय ४७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म संक्रमित हुनेको संख्या ७९ हजार ७ सय २८ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ ।संक्रमितमध्ये १० हजार ७ सय ६१ संस्थागत आइसोलेसनमा छन् भने ११ हजार ७९ जना होम आइसोलेसनमा रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा ९ सय ६१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५ हजार ७७ जना रहेको छ । त्यसैगरी आईसीयूमा २२० र भेन्टिलेटरमा २५ जनाको उपचार भइरहेको छ।