× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आईपीएलमा मुम्बईले पन्जाबलाई ४८ रनले हरायो

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति शेख जायद आबूधाबीमा भएको खेलमा मुम्बई इण्डियन्सले किंग्स इलेभेन पन्जाबलाई पराजित गरेको छ ।
    मुम्बईले पन्जाबलाई ४८ रनले हराएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पन्जाबले पुरा गर्न सकेन । उसले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रनमात्र बनायो ।
    मुम्बईले पूरै २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो ।
    मुम्बईका लागि कप्तान रोहित शर्मा चम्किएका थिए । उनले ४५ बलमा ३ छक्का र ८ चौकाको सहयोगमा ७० रन बनाए । रोहितले यही खेलमा आईपीएलमा ब्यक्तिगत पाँच हजार रन पूरा गर्ने तेस्रो खेलाडी वने ।
    मुम्बईका लागि काइरन पोलार्ड २० बलमा ३ चौका र ४ छक्का ४७ रनमा अविजित रहे । हार्दिक पान्ड्या ११ बलमा ३ चौका र २ छक्का सहित ३० रनमा अविजित रहे । पाँचौ विकेटका लागि पान्ड्या र पोलार्डले मात्र ३।५ ओभरमा ६७ रनको उत्कृष्ट अविजित साझेदारी गरेका थिए ।
    पन्जाबका लागि शेल्डन कटरेलले ४ ओभरमा एक मेडन सहित २० रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । कृष्णाप्पा गौथमले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए ।
    १९२ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको पन्जाब २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रनमात्र बनाएका थिए । पन्जाबका लागि निकोलस पुरनले ७ बलमा ३ चौका र २ छक्का प्रहार गरेर ४४ रनमा क्याच आउट भए । कृष्णा गौथम १३ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे पनि अन्य खेलाडिले रन बनाउन नसक्दा पराजित हुन पुगेको हो ।
    मुम्बईको लागि राहुल चहरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्याले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जेम्श प्याटिनसनले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । टे«न्ट बोल्टले एक विकेट लिए ।

    मुम्बई ४ खेलमा समान २ मा जित र हार सहित शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । कोलकता नाइट राइडर्स, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोर समान ३ खेलमा २ मा जित र १ मा हार सहित नेट रन रेटको आधारमा क्रमश तेस्रो, चोथो र पाँचौ स्थानमा छन् ।
    आज साँझको खेल सनराइजर्स हैदराबाद र चेन्नई बीच हुनेछ ।