× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    १० खेलाडीमा समेटिएको बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा हरायो

    ४ वर्ष पहिले

    बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार दोस्रो जित हात पारेको छ ।
    बार्सिलोनाले सेल्टा डि भिगोमाथि सहज जित हात पारेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा १० खेलाडीमा समेटिएको बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० ले हराएको हो ।
    एवान्का बलाईडोस भिगोमा बिहीबार राति भएको खेलमा बार्सिलोनको सहज जितमा युवा स्टार अन्सु फाती र सर्जियो रोबर्टोले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
    खेलको ११ औं मिनेटमा फिलिपे कौटिन्होको पासमा मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो । डेनिस सुआरेजमाथि फल गरेपछि डिफेन्डर क्लेमेन्ट लेङ्लेट दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए ।
    १० खेलाडीमा समेटिएको बार्सिलोना, ५१औं मिनेटमा पेनाल्टी बक्सभित्रबाट कप्तान लियोनेल मेस्सीले गरेको प्रहार लुकास ओलाजालाई डिफ्लेक्ट हुदै आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा २–० को अग्रता लिन सफल भयो ।
    इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए । मेस्सीको प्रहारलाई सेल्टाका गोलरक्षक इभान भिल्लारले बचाएपनि रिवाउन्डमा सर्जी रोबर्टोको समय लिदै गरेको भली प्रहार गोलमा परिणत भएको थियो ।
    जितसँगै बार्सिलोनाको दुई खेलबाट ६ अंक जोडेर बार्सिलोना पाँचौ स्थानमा उक्लिएको छ ।