× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा २७२२ जना कोरोना भाइरस संक्रमित थपिए,थप ११ जनाको मृत्यु

    ४ वर्ष पहिले

    असोज -१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय २२ जना संक्रमित थपिएका हुन् ।

    २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ४८ हजार ६ सय ८६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म संक्रमित हुनेको संख्या ८२ हजार ४ सय ५० पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ रहेको छ ।संक्रमितमध्ये ९ हजार ४ सय ७४ संस्थागत आइसोलेसनमा छन् भने ११ हजार ७ सय ६० जना होम आइसोलेसनमा रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ ।

    हाल क्वारेन्टिनमा ४ हजार ८ सय ८५ जना रहेको छ । त्यसैगरी आईसीयूमा २५० र भेन्टिलेटरमा २९ जनाको उपचार भइरहेको छ।