× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आईपीएलमा हैदराबाद ले चेन्नईलाई ७ रनले हरायो

    ४ वर्ष पहिले

    ईण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई ७ रनले पराजित गरेको छ ।

    टस जितेर पहिलो ब्याटिङ गरेको हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य चेन्नईले पुरा गर्न सकेन । उसले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रनमात्र बनायो ।
    हैदराबादले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो ।
    हैदराबादका लागि प्रियम गर्ग चम्किएका थिए । उनले २३ बलमा १ छक्का र ६ चौकाको सहयोगमा ५१ रनमा अविजित रहे ।

    खराब प्रर्दशन गरेको हैदराबादलाई पाँचौ विकेटका लागि दुई युवा ब्याट्सम्यान अभिषेक शर्मा र प्रियम गर्गले ७७ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।अभिषेक शर्मा २४ बलमा ४ चौका र १ छक्का सहित ३१ रनमा क्याच आउट भए ।

    चेन्नईलाई लागि दिपक चहरले २ विकेट , शार्दुल ठाकुर र पियुष चवलाले समान १/१ विकेट लिए ।


    १६५ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १५७ रनमात्र बनाएका थिए । चेन्नईका लागि महेन्द्रसिंह धोनीले ३६ बलमा ४ चौका र १ छक्का सहित ४७ रनमा अविजित रहे ।रविन्द्र जडेजाले ३५ बलमा ५ चौका र २ छक्का सहित ५० रनमा क्याच आउट भए ।फाफ डुप्लेसिसले १९ बलमा ४ चौका सहित २२ रनमा रन आउट हुनु बाहेक अन्य खेलाडिले रन बनाउन नसक्दा पराजित हुन पुगेको हो ।
    हैदराबादको टि नटराजनले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमारले ३.१ ओभरमा २० रन खर्चेर १ विकेट लिए । स्पिनर अब्दुल सामदले एक विकेट लिए ।

    चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । राजस्थान रोयल्ससँग १६ रन र दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित भएको थियो । पाँचौ खेलमा चेन्नईले आइतबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ ।

    हैदराबाद पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग १० रनले पराजित हुँदा कोलकाता नाइट राइडर्ससँग ७ विकेटको हार बेहोरेको थियो । तर तेस्रो खेलमा दिल्लीलाई १५ रनले हराउँदै हैदराबादले पहिलो जित हात पारेको थियो । हैदराबादले आइतबार मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

    आज साँझको खेल राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोर बीच हुनेछ ।