× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • वागमती

    मुग्लिङ हाईवे हस्पिटलको प्रथम बार्षिकोत्सब सम्पन्न।

    ४ वर्ष पहिले

    आश्विन १७, मुग्लिङ। मुग्लिङ हाईवे हस्पिटलले आफ्नो स्थापनाको एक बर्ष पूरा गरेको उपलक्ष्यमा स्थानीय सरोकारवाला निकायहरुका बीच अन्तर संबाद कार्यक्रम गरी सम्पन्न गरेको छ।

    हस्पिटल संचालक समितिको अध्यक्ष राम बहादुर लामाको अध्यक्षता र ईच्छाकामना गाउँपालिकाको उपाध्यक्ष कृति कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा हस्पिटलको स्थापना कालदेखि कार्यरत कर्मचारी स्वास्थ्य सहायक माधब बस्नेतलाई प्रोत्साहन स्वरुप नगद र सम्मानपत्र सहित बर्षको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो।

    त्रि.वि., चिकित्साशास्त्र अध्यन संस्थानको कम्यूनिटी सर्भिस सेन्टरको रुपमा संचालन गरिने गरी पहिलो चरणमा टेलिमेडिसिन सेवा मार्फत स्थानीय बिरामीहरुलाई काठमाण्डौ, महाराजगंज स्थित टिचिङ हस्पिटलको बिशेषज्ञ चिकिस्तकहरुसँग अनलाईन परामर्श सेवा दिईरहेको यस हस्पिटलले हाल १ जना मेडिकल अफिसर सहित १० जना स्वास्थ्यकर्मीहरुको सहभागितामा सेवा संचालन गरिरहेको छन।

    २४ घण्टा आकस्मिक सेवा सहित फार्मेशी, ल्याब, भिडियो एक्सरे, ईसिजी, डेन्टल सहित १५ शैयाको ओपिडी सेवा संचालन भईरहेको कुरा हस्पिटलका चिकित्सक डा. आनन्द प्रसाद आचार्यले जानकारी दिनु भयो।

    पहाडी भूभाग र दुर्गम बस्तीको बाहुल्यता भएको चितवनको एकमात्र गाउँपालिका ईच्छाकामना गाउँपालिका र यसको सिमाबर्ती गोर्खा, धादिङ र तँनहू जिल्लका बासिन्दाहरुलाई समेत स्वास्थ्य सेवा पुरयाइरहेको यस हस्पिटलले निकट भबिष्यमा बिषशेज्ञ चिकित्सक सहितको ५० बेड क्षमताको सुबिधा सम्पन्न हस्पिटलको रुपमा स्तरोन्नति गरिन लागेको कुरा हस्पिटलका अध्यक्ष राम बहादुर लामाले सो समारोहमा जानकारी दिनुभयो।

    बार्षिकोत्सब समारोहमा ईच्छाकामना गा.पा. वडा नं ५ का वडा अध्यक्ष मोदराज सिलवाल, बरिष्ठ समाजसेवी एबं वडा सदस्य बलराम त्रिपाठी लगाएतले शुभ कामना मन्तव्य दिएका थिए भने हस्पिटलका संचालक मुक्ति कुमार श्रेष्ठले स्वागत गरेका थिए ।

    सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा गा.पा. उपाध्यक्ष कीर्ति कुमार श्रेष्ठले हस्पिटलले कोरोनाको महामारीको बिषम् परिस्थितिमा पनि अहोरात्र जनतालाई स्वास्थ्य सेवा प्रदान गरेकोमा हार्दिक धन्यबाद ब्यक्त गर्दे स्थानीय तहबाट हस्पिटलको बिकास र विस्तारमा पूर्ण सहयोग गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

    संचालक बिष्णू कुँबरले संचालन गरेको सो कार्यक्रममा हस्पिटलका मेडिकल अफिसर डा. आनन्द प्रसाद आचार्यले हस्पिटलको सेवा सुबिधा र समस्याको बारेमा जानकारी दिएका थिए ।