× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा २२५३जना कोरोना भाइरस संक्रमित थपिए,थप ७ जनाको मृत्यु

    ४ वर्ष पहिले

    असोज १८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ५३ जना संक्रमित थपिएका हुन् ।

    २४ घण्टामा १२ हजार ७ सय ८४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ७४ हजार ४ सय ४८ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म संक्रमित हुनेको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ ।संक्रमितमध्ये १० हजार ३ सय २६ संस्थागत आइसोलेसनमा छन् भने ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ७ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ४ हजार २ सय ३ जना रहेको छ । त्यसैगरी आईसीयूमा २२६ र भेन्टिलेटरमा ३४ जनाको उपचार भइरहेको छ।