× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा हैदराबादलाई मुम्बईले हरायो/ चेन्नई बिरुद्ध पन्जाबको खेल जारी

    ४ वर्ष पहिले

    ईण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज शारजाह स्टेडियममा भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको छ ।
    टस जितेर पहिलो ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८ रन बनायो । मुम्बईको लागि डी ककले ३९ बलमा ४ चौका र ४ छक्का सहित ६७ रन बनाएर आउट भयो । काइरन पोलार्ड १३ बलमा ३ छक्का सहित २५ रनमा अविजित रहे । क्रुनाल पान्ड्या ४ बलमा २ चौका र २ छक्का सहित २० रनमा अविजित रहे । सन्दीप शर्मा ३१ र सूर्यकुमार यादव २७ रन बनाएर आउट भए ।
    हैदराबादका लागि राशिद खानले १ र सन्दीप शर्मा तथा सिद्धार्थ कौलले समान २/ २ विकेट लिए ।
    २०८ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो र ऊ ३४ रनले पराजित हुन पुग्यो ।
    हैदराबादका कप्तान डेभिड वार्नरले सर्वाधिक ६० रनको योगदान दिएपनि जितको लागि पर्याप्त रहेन । त्यस्तै मनिस पाण्डेले ३० रन बनाउँदा जोनी बेरेस्टोले २५ रनको योगदान दिए ।
    बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्ट, जस्प्रित भुम्राह र जेम्स प्याटिन्सनले समान दुई–दुई विकेट लिए । त्यस्तै कुनाल पाड्याले एक विकेट लिए ।
    जीतसंगै साविक विजेता मुम्बई इन्डियन प्रिमियर लिग (आइपिएल) को २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

    त्यस्तै आजै चेन्नई सुपर किंग्सबिरुद्ध किंग्स इलेभेन पन्जाब दुबईमा दोस्रो खेल जारी छ । टस जितेर पन्जाबका कप्तान लोकेश राहुलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
    यो समाचार तयार पार्दा सम्म पन्जाबले १३ ओभरमा २ विकेटको क्षतिमा १०१ रन बनाएको छ । मंयक अग्रवाल २६ र मनदीप सिंह २७ रन बनाएर आउट भएका छन् भने लोकेश राहुल ४४ र निकोलस पूरन १ रन बनाएर क्रिजमा छन् ।
    चेन्नईको लागि ड्वेन ब्राभो र रविन्द्र जडेजाले १/१ विकेट लिएका छन् ।