× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकले पाए

    ४ वर्ष पहिले

    यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने दुई अमेरिकी वैज्ञानिकहरु हार्वे जे अल्टर, चार्ल्स एम राइस र एक बेलायती वैज्ञानिक माइकल हगटनलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।सोमबार स्टकहोल्ममा नोबेल कमिटीका प्रमुख थोमस पर्लमनले नोबेल पुरस्कारका विजेताको घोषणा गरेका हुन् ।
    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वभर हेपाटाइटिसका ७ करोडभन्दा धेरै संक्रमित छन् भने एक वर्षमा यसको कारण विश्वभर चार लाख मानिसको मृत्यु हुने गरेको छ । यो प्राणघातक रोग लागेपछि मानिसको कलेजो सुन्निने र क्यान्सर हुन्छ ।
    नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन्।यो पुरस्कार वार्षिकरुपमा शरीर विज्ञान वा चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र क्षेत्रमा असाधारण काम गर्ने मानिसलाई प्रदान गरिँदै आएको छ ।
    भौतिकशास्त्रको मंगलबार, रसायनशास्त्रको बुधबार ,साहित्य तर्फको बिहिबार, शान्ति तर्फको शुक्रबार र अर्थशास्त्र तर्फको आगामी सोमबार नोबेल पुरस्कार घोषणा गरिने छ।