× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा दिल्लीले बैंगलोरलाई हरायो

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराती दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्स ले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा आफूलाई पुगाउन सफल भएको हो ।
    टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै बैंगलोरलाई १९७ रनको लक्ष्य दिएको थियो।
    दिल्लीका लागि स्टोइनिस अर्धशतकीय पारी खेले । २६ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाए । त्यस्तै पृथ्वि शले ४२ रन बनाउँदा रिषभ पन्त ३७, शिखर धावन ३२ तथा कप्तान श्रेयस यैरले ११ रनको योगदान गरे ।
    बलिङतर्फ बैंगलोरका लागि मोहम्द सिराजले दुई विकेट लिए । त्यस्तै इसुरु उडान र मोइन अलीले एक–एक विकेट लिए ।
    दिल्लीले जितका लागि दिएको १९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३७ रन बनायो ।
    बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै वासिन्टन सुन्दरले १७ रन बनाउँदा अरोन फिन्च १३, नवदिप शैनी १२, मोहिन अली र सुभम डुबेले समान ११ रन बनाए ।
    बलिङतर्फ दिल्लीका लागि कगिसो रबाडाले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २४ रन खर्चदै ४ विकेट लिन सफल भए । त्यस्तै आरिच नोर्टेज र अक्षर पटेलले समान दुई–दुई विकेट लिँदा रविचन्द्र आश्विनले एक विकेट लिए ।
    आज साँझको खेल मुम्बई र राजस्थान बीच हुनेछ ।