× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    टिपरले मोटरसाइकललाई ठक्कर दियो, ३ घाइते ।

    ४ वर्ष पहिले

    आश्विन २२, चितवन । चितवनको खैरेनी नगरपालिका १ ज्यामिरे सि्थत लोकमार्गमा टिपरको ठक्करबाट ३ जना घाइते भएका छन् ।

    आज राती करिब ७ बजेको समयमा पशि्चमबाट पुर्वतर्फ आउदै गरेको ना ७ ख ५०६२ नं.को टिपरले विपरीत दिशाबाट जादै गरेको ना ४८ प ७७८९ नम्बरको मोटरसाइललाई ठक्कर दिदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन् ।

    घाइते हुनेमा मोटरसाइकल चालक चितवन जिल्ला खैरहनी नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३४ को भीम बहादुर मगर, लमजुङ जिल्ला बटौरा गाउपालिका वडा नं. ८ बस्ने बर्ष ३४ की जमुना गुरुङ र सि.पा. जिल्ला ईचो गाउपालिका वडा नं. ८ बस्ने वर्ष २५ की रीतु तामाङ रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको र उनीहरुको अवस्थामा मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।