४ वर्ष पहिले
यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई दिइने भएको छ । शुक्रबार ओस्लोमा १०१ औँ नोबेल पुरस्कार विजेताको नाम घोषणा कार्यक्रमबीच नर्वेजियन नोबेल कमिटीले सन् २०२० का लागि नोबेल शान्ति पुरस्कार डब्लूएफपीलाई दिने घोषणा गरेको हो ।
संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमलाई भोकलाई परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि गरेको पहलका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ ।
उक्त पुरस्कारको रकम १० लाख अमेरिकी डलर छ।
यसैगरि आगामी सोमबार अर्थशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा गरिने छ।