× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा कोरोना संक्रमित संख्या एक लाख नाघ्यो,२४ घण्टामा २०५९ जना कोरोना संक्रमित थपिए

    ४ वर्ष पहिले

    असोज २३,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५९ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ६ सय ७६ पुगेको छ ।
    २४ घण्टामा १३ हजार २ सय १९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ११ लाख ५३ हजार १ सय ७७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।संक्रमितमध्ये ११ हजार १ सय ७६ संस्थागत आइसोलेसनमा छन् भने १५ हजार ८ सय ७७ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८० जना निको भएका छन् । कुल निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १० को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय पुगेको छ ।
    हाल क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेको छ । त्यसैगरी आईसीयूमा ३१८ र भेन्टिलेटरमा ७५ जनाको उपचार भइरहेको छ।