४ वर्ष पहिले
चितवनको भरतपुर अस्पतालमा उपचाररत ४७ वर्षीय कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १ का पुरुष रहेका छन् । ती पुरुषको भरतपुर अस्पतालमा उपचारको क्रममा शनिबार साँझ साढे ६ बजे मृत्यु भएको हो ।
उनी शुक्रवार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई अस्पतालमा भर्ना भएका थिए। उनलाई शुक्रवारनै कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि आइसीयूमा राखेर उपचार गरिएकोमा शनिवार साँझ ६:३० वजे मृत्यु भएको अस्पतालको भनाइ छ। स्वास्थ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै पनि उनको मृत्यु भएको अस्पतालले बताएको छ।