४ वर्ष पहिले
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।
शनिबार राति ११ बजे त्रिवि शिक्षण अस्पतालमा सरकार र डा.केसी पक्षका प्रतिनिधिबीच भएको वार्तामार्फत सहमति भएको हो । सरकार र डा.केसीबीच ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । शनिबार राति सहमति भए पनि डा. केसीले आइतबार ९:३० बजे मात्र अनशन तोड्ने सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।