× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २०७१ जना कोरोना भाइरस संक्रमित थपिए,थप २२ जनाको मृत्यु

    ४ वर्ष पहिले

    असोज २५,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७१ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।
    २४ घण्टामा १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ११ लाख ७६ हजार ९ सय ८४ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ । संक्रमितमध्ये १३ हजार ६ सय ४९ संस्थागत आइसोलेसनमा छन् भने १७ हजार ७ सय ७७ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७५ हजार ८ सय ७ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप २२ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ४ हजार ६ सय १३ जना रहेको छ । त्यसैगरी आईसीयूमा ३२९ र भेन्टिलेटरमा ७६ जनाको उपचार भइरहेको छ।