× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    नाडालले १३औं पटक फ्रेन्च ओपन जित्दै फेडेररको कीर्तिमानलाई गरे बराबरी

    ४ वर्ष पहिले

    दोस्रो वरियताका स्पेनिस राफयल नाडाल कीर्तिमानी १३औं पटक फ्रेन्च ओपन टेनिसको च्याम्पियन बनेका छन् ।

    पेरिसमा आइतबार राति भएको फाइनलमा शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचमाथि ३–० को सहज जित हात पार्दै क्ले कोर्टका बादशाह नाडाल फ्रेन्च ओपनमा १३औं पटक च्याम्पियन बन्न सफल भएको हो । यस्तै नाडाल फ्रेन्च ओपनको १ सय एकल खेल जित्ने पहिलो खेलाडी बनेका छन् ।
    दुवै खेलाडी खेल जीवनमा कीर्तिमानी ५६औं पटक भिड्दा नाडालले बाजी मारेका हुन् ।जोकोभिचमाथि पहिलो र दोस्रो सेटमा ६–० र ६–२ को सहज जित हात पारेका नाडालले तेस्रो सेट ७–५ ले आफ्नो पक्षमा पार्न सफल भए । जोकोभिचलाई पराजित गर्न नाडालले २ घन्टा ४१ मिनेट समय खर्चिए ।
    यस्तै नाडालले सर्वाधिक ग्रान्डस्लाम जित्ने स्वीस खेलाडी रोजर फेडेररको कीर्तिमानलाई बराबरी गरेका छन् । फ्रेन्च ओपन जितसँगै नाडालले ३९ वर्षीय फेडेररको सर्वाधिक २० ग्रान्डस्लाम उपाधिसँग बराबरी गरेका हुन् । फाइन्लमा नाडालसँग पराजित जोकोभिचले १७ ग्रान्डस्लाम उपाधि जितेका छन् ।