× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    मिस नेपाल एसईई २०२०’को उपाधि विजेता बनिन् रेजिना लिम्बू

    ४ वर्ष पहिले

    काठमाडौं, २७ असाेज । ‘मिस नेपाल एसईई २०२०’को उपाधि रेजिना लिम्बूले जितेकी छन् ।लिम्बुले उपाधिको साथमा शिक्षाको लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्पर समेत हात पारेकी छन् । विजेताले लिम्बुले फिलिपिन्समा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टिन टुरिज्म’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

    यसैगरी प्रतियोगीतामा फस्ट रनरअप सिल्भिया केसी बनिन् र सेकेन्ड रनरअपको उपाधि सुबिका पौडेलले हात पारिन्।प्रोभिन्सतर्फको उपाधिभने प्रोभिन्स ३ मा महिमा महतो, प्रेभिन्स १ को उपाधि रोमी राई र प्रोभिन्स ५ को उपाधि बिमिका थापा मगरले जितिन्।विभिन्न उपशीर्षकमा समेत बिजेता छानिएको प्रतियोगितामा मिस पपुलर महिमा महतो, ब्युटी विथ पर्पोज सायक्सा सुनुवार, फेसन आइकन सायना पन्थी, मिस ट्यालेन्ट प्रेरना थापा मगर, मिस भ्युअर्स च्वाइस सन्धया अधिकारी, मिस फोटोजेनिक इमरन श्रेष्ठ, मिस पर्सनालिटी रुविसा सिंह, बेस्ट वाल्क प्रिया क्षेत्री, मिस एक्याटिभ शिखा आचार्य, मिस फ्रेन्डसिप प्रनिका राउतले हात परे ।एसईई उत्तीर्ण किशारकिशोरीहरुको क्षमता अभिवृद्धि गर्न यो प्रतियोगिता आयोजना गरिएको र एक महिनासम्म अनलाइन र १० दिनसम्म रेसिडेन्टियलरुपमा व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा सन्चालन गराइएको कुरा इभेन्ट कोरियोग्राफर पवन आचार्यले जानकारी दिए।

    प्रतियोगिताको निर्णायकमा मोडल दिक्पाल कार्की, रोहित मल्ल र पायल गुरुङ रहेका थिए। पायल गत सन् २०१९ को मिस नेपाल एसईई विजेता हुन्।

    कार्यक्रमको प्रमुख अतिथिमा राप्रपा उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य गोविन्दराज खनिया रहेका थिए।