× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३५५६ जना कोरोना भाइरस संक्रमित थपिए,थप १८ जनाको मृत्यु

    ४ वर्ष पहिले

    असोज २७,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।
    २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १२ लाख ७ हजार ९४ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ । संक्रमितमध्ये १५ हजार ४८ संस्थागत आइसोलेसनमा छन् भने २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ६८.३ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १८ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ४ हजार ७ सय ९५ जना रहेको छ । त्यसैगरी आईसीयूमा ३०७ र भेन्टिलेटरमा ७७ जनाको उपचार भइरहेको छ।