× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • स्थानीय

    दशैं तिहारमा यात्रुहरुको सहजतालाई लक्षित गर्दै मुगि्नमा यात्रु सहायता कक्ष सञ्चालन

    ४ वर्ष पहिले

    आशि्वन २८, चितवन ।

    चाडपर्व नजिकिदै गर्दा यात्रुहरुलाई पर्नसक्ने समस्यालाई मध्यनजर गर्दै ट्राफिक प्रहरी कार्यालय मुगि्लनले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । चाडपर्वको बेला यात्रुहरुको चाप बढ्ने भएकोले यात्रुहरुलाई पर्नसक्ने विभिन्न समस्यालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको ट्राफिक प्रहरी कार्यालय मुगि्लनका इञ्चार्ज युवराज बसौलाले बताए । त्यस्तै उहाँले यस यात्रु सहायता कक्षबाट ट्राफिक नियमको जानकारी र कार्यन्वयन गराउनुका साथै विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ बाट बच्न नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डबारे जानकारी गराइने बताउनुभयो ।
    यात्रु सहायता कक्ष शुभारम्भ कार्यक्रममा इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष मोदराज सिलवाल, इलाका प्रहरी कार्यालय मुगि्लनका प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर राना मगर, यातायात व्यवसायी संघका प्रतिनिधि लगाएतको उपसि्थति रहेको थियो ।