× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मा.वि. तह वा सो सरह पास गरेका युवाले पाँच लाख रुपैयाँसम्मको स्वरोजगार कर्जा पाउने

    ४ वर्ष पहिले

    सरकारले ८ असोजमा मन्त्रीपरिषदबाट गरेको निर्णय अनुसार सहुलियत कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधिमा तेस्रो पटक संशोधन गरेपछि, युवाले बैंक तथा वित्तीय संस्थाबाट पाँच लाख रुपैयाँसम्मको स्वरोजगार कर्जा पाउने भएका छन् ।
    यसअघि सात लाख रुपैयाँसम्म शिक्षित युवा स्वरोजगार र १० लाख रुपैयाँसम्मको विदेशबाट फर्केका युवा परियोजना कर्जा सञ्चालनमा थिए । यससँगै अब सहुलियत दरमा युवा नै लक्षित तीन वटा कर्जा योजना सञ्चालनमा आएको छ ।

    फायल फोटो

    माध्यमिक तह वा सो सरहको शिक्षा हासिल गरेकाले समेत पाँच लाख रुपैयाँसम्मको युवा स्वरोजगार कर्जा प्राप्त गर्नेछन् । सिप विकास उद्यमशिलता तालिम केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय वा समिति, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लगायत कुनैबाट कम्तिमा सात दिनको उद्यम सम्बन्धि तालिम लिएको भए पुग्ने भएको छ । बैंकले ग्राहकलाई लगाउने व्याजदरमा राष्ट्र बैंकले पाँच प्रतिशत व्याज अनुदान दिनेछ ।