× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपिएलमा दिल्लीले राजस्थान रोयल्सलाई हरायो

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राती सम्पन्न दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
    टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाउन सफल भयो । दिल्लीका लागि शिखर धावन र श्रेयस अय्यरले अर्धशतकीय पारी खेले । ३३ बल खेलेका धावनले ६ चौका र २ छक्काको सहयोगमा ५७ रन बनाउन सफल भए ।
    त्यस्तै ४३ बल खेलेका अ‍ैरले ३ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाउन सफल भए । दिल्लीका लागि मार्कुस स्टोइनिसले १८ रन बनाउनदा आल्यक्स केरीले १४ रनको योगदान गरे । बलिङतर्फ राजस्थानका लागि जोर्फा आर्चरले सर्वाधिक तीन विकेट लिए । त्यस्तै जयदेव उतकन्डले दुई विकेट लिँदा कार्तिक त्यागी र श्रेयस गोपालले समान एक-एक विकेट लिए ।
    १ सय ६२ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रनमात्र बनायो ।
    राजस्थानका लागि ओपनर जस बटलर र बेन स्टोक्सले क्रमश २२ र ४१ रन बनाए । त्यस्तै रोबिन उथप्पा ३२ र सन्जु स्यामसनले २५ रन बनाए । बलिङतर्फ दिल्लीको लागि एनरिच नोर्टजे र तुषार देशपान्डेले समान २\२ विकेट लिए । त्यस्तै कागिसो रबाडा, रविचन्द्रन आश्विन र अक्षर पटेटले एक-एक विकेट लिए ।
    यो जितसँगै दिल्ली ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा उक्लिएको छ ।