× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनका थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

    ४ वर्ष पहिले

    चितवनका थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
    भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा असोज २८ गते नमुना संकलन गरि असोज २९ बिहिबार परिक्षण गरिएको ३०५ नमुना मध्य पाल्पाका २ र रुपन्देहीका १ जना गरि जम्मा ५५ नमुनाको रिपोर्ट पोजिटिभ आएको र बाकी २५० नमुनाको नतिजा नेगेटिभ आएको अस्पताल श्रोतले जानकारी गराएको छ ।
    संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाको ९ पुरुष र ८ जना महिला रहेका छन् । त्यस्तै राप्ति नगरपालिकाको ९ महिला र ११ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै खैरहनी नगर पालिकाको ४ महिला र ४ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै कालिका नगरपालिकाको ३ महिला र २ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ भने रत्ननगर नगरपालिकाको १ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।