× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४३९२ जना कोरोना भाइरस संक्रमित थपिए,थप २१ जनाको मृत्यु

    ४ वर्ष पहिले

    असोज ३०,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।
    २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १२ लाख ५४ हजार १ सय ६७ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ । संक्रमितमध्ये १२ हजार ३ सय ३६ संस्थागत आइसोलेसनमा छन् भने २५ हजार ४६ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८८ हजार ५ ४० पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ६९.८ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप २१ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ४ हजार ८ सय ८ जना रहेको छ । त्यसैगरी आईसीयूमा ३१५ र भेन्टिलेटरमा ७७ जनाको उपचार भइरहेको छ।