× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनाका थप ३ जनामा कोरोना संक्रमणको पुष्टि

    ४ वर्ष पहिले

    कार्तिक २, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा कार्तिक २ गते आईतबार गरिएको परिक्षणमा इच्छाकामना गा.पा.का थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
    भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा असोज ३० गते नमुना संकलन गरि कार्तिक २ गते आईतबार परिक्षण गरिएको ४३१ नमुना मध्य ५६ नमुनाको रिपोर्ट पोजिटिभ आएको छ भने बाकी ३७५ नमुनाको नतिजा नेगेटिभ आएको अस्पताल श्रोतले जानकारी गराएको छ । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका ३४ जना, राप्तीका ३ ,खैरहनीका ३, रत्ननगरका ५, कालिकाका ७ र इच्छाकामनाका ३ जना रहेका छन् ।
    इच्छाकामना वडा नम्बर ४ मा संक्रमण पुष्टि भएका तीनै जना पुरुष रहेका छन। उनिहरु २९, ३५ र ५१ बर्षका रहेको अस्पताल श्रोतले जनाएको छ ।