× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपिएलमा कोलकाताले सुपर ओभरमा हैदारावादलाई हरायो

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शेख जियाद क्रिकेट स्टेडियममा कोलकाताले सनराइजर्स हैदारावादलाई सुपर ओभरमा पराजित गरेको हो ।
    टस हारेर पहिले ब्याटिङ गरेको कोलकात्ताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।
    कोलकात्ताका लागि सुभम गिलले सर्वाधिक ३६ रनको योगदान गरे । त्यस्तै कप्तान आइन मोर्गानले ३४ रन बनाउँदा नितिस राना र दिनेश कार्तिकले समान २९–२९ रनको योगदान गरे ।
    बलिङतर्फ थनगर्सु नटराजनले दुई विकेट लिए । त्यस्तै विजय संकर, बर्सिल थाम्पी र राशिद खानले समान एक\एक विकेट लिए ।
    कोलकात्ताले जितका लागि दिएको १६४ रनको लक्ष्य पछएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । हैदरावादका लागि डेविड वार्नरले सर्वाधिक ४७ रनको योगदान गरे । त्यस्तै जोनी बेइरेष्टोले ३६ रनबानाउँदा केन विलियनसनले २९ रनको योगदान गरे ।
    बलिङतर्फ कोलकात्ताका लागि लकि फग्यूसनले सर्वाधिक तीन विकेट लिए । त्यस्तै प्याट कमिन्स, शिभम् मावी र भरुन चक्रवर्तीले समान एक–एक विकेट लिए ।
    कोलकाता र सनराइजर्स हैदारावादले बराबर रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । सुपर ओभरमा लकि फग्यूसनले दुई विकेट लिँदा हैदरावादले मात्र दुई रन बनायो ।
    दुई रनको लक्ष्य लिएर मैदान आएको कोलकाताले चार बलमा तीन रन पूरा गर्न सफल भयो ।