× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३७९० जना कोरोना भाइरस संक्रमित थपिए,थप १८ जनाको मृत्यु

    ४ वर्ष पहिले

    कार्तिक ३,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ९ सय १८ पुगेको छ ।
    २४ घण्टामा १५ हजार ७ सय १४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १२ लाख ८५ हजार ३ सय १९ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ रहेको छ । संक्रमितमध्ये १३ हजार ८ सय ५१ संस्थागत आइसोलेसनमा छन् भने २६ हजार ९ सय २७ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९४ हजार ५ सय १ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ६९।५ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १८ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।
    हाल क्वारेन्टिनमा ४ हजार ५ सय ७० जना रहेको छ । त्यसैगरी आईसीयूमा २८२ र भेन्टिलेटरमा ६३ जनाको उपचार भइरहेको छ।