× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चाडपर्व शुरु भएसंगै सवारी चेकजाचमा कडाई ।

    ४ वर्ष पहिले


    कार्तिक ३, चितवन ।
    चाडपर्व नजिकिएसंगै मुख्य राजमार्गमा सवारी चेकजाचमा ट्राफिक प्रहरीले कडाई गर्न थालेको छ । अत्याधिक सवारी चाप भइरहने मुग्लिन बजारमा यात्रु तथा चालकलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दे ट्राफिक प्रहरी कार्यालय मुग्लिनले यात्रु सहायता कक्ष सञ्चालन संगै नियमित सवारी चेकजाच गर्न शुरु गरेको छ ।

    सिट क्षमता भन्दा बढी यात्रु बोकेको, तोकिएको भाडा भन्दा बढी लिएको, तिव्र गतिमा सवारी चलाएको, मादक पदार्थ सेवन गरी सवारी चलाएको, सवारी चालक अनुमपति पत्र तथा सवारी धनी कागजपत्र साथमा नभएको लगाएतका विभिन्न ट्राफिक नियम उल्लघन गर्ने सवारी साधनलाई कडाइका साथ चेकजाच गरी कार्वाही गरेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्र.स.नि. युवराज बसौलाले जानकारी दिनुभयो ।

    सवारी चेक जाँचमा कडाइ गरेसंगै दुर्घटनामा कमी आउनुका साथै राजस्व संकलनमा समेत वृद्धि भएको उहाँले बताउनुभयो ।


    ट्राफिक प्रहरी कार्यालय मुग्लिनले सिमित जनशक्तिको बावजुत पनि इच्छाकामना गाउँपालिका भित्र पर्ने करिब २५ कि.मी. हाइवे क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्दै आएको छ ।

    ट्राफिक प्रहरी कार्यालय मुग्लिनले धादिङ्गको सिमाना मौवा खोला, फिस्लिङ्ग बजार, लेवाटार, कालीखोला, रिग्दी खोला र तनहुँ जिल्लाको सिमाना मुग्लिन पुलमा नियमित रुपमा चेकजाच गर्दै आएको छ ।


    मुग्लिन ट्राफिक प्रहरी कार्यालयको कार्यक्षेत्र भित्र यात्रु तथा सवारी चालकहरु कुनै पनि समस्यामा परे कार्यालयको सम्पर्क नंं. ९८५५०९००१८ (बागमति प्रदेश ट्रा.प्र. का,रामनगर,चितवन), ९८५५०९०१००(जि.ट्रा.प्र.का.,चितवन), ९८५५०९०१२० (इ.प्र.का.मुग्लिन), ९८६७१४९३०८ (ट्रा.प्र.का.मुग्लिन), १०० वा १०३ मा कुनै पनि बेला सम्पर्क गर्न सकिने ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्र.स.नि. युवराज बसौलाले बताउनुभयो ।