× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    एकैदिन मनकामनामा १५ जना गरी शहिद लखन गा.पा. काे २० जनामा काेराेना संक्रमण

    ४ वर्ष पहिले

    गोरखा, कार्तिक ५ । गोरखाको शहिद लखन गाउँपालिकामा आज थप २० जनामा कोरोना संक्रमण देखिएको जानकारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिएकाे छ । पोखराको क्षयरोग उपचार केन्द्रकाे प्रयोगशालामा गरिएको परिक्षणबाट उक्त नतिजा आएकाे हाे । जानकारी अनुसार मनकामना बजारका १५ जना र अन्य ५ जना घैरूङका रहेका छन । २ बर्षकाे बालिका समेत गरी बर्ष ९ का दुइजना, बर्ष ३२ का दुइजना, बर्ष ४६ का दुइजना र अन्य बर्ष ८, १३, १४, २६, २८, ३५, ३७, ३८, ४२, ५५, ५६ र ८६ का गरी जम्मा २० जनामा काेराेना संक्रमण देखिएकाे हाे ।

    संक्रमितहरु सबैजना कन्ट्याक ट्रेसिङका रहेको र होम आईसोलेसनमा राख्ने तयारी भइरहेको समेत श्रेष्ठले बताउनु भयो । यससंगै अब मनकामना क्षेत्रमा परिक्षणकाे दायरा बढाउनुपर्ने अवस्था सिर्जना भएकाे छ । देशकै अत्यधिक भक्तजनकाे भिड रहने मनकामना मन्दिर वरपर देखिएकाे काेराेना संक्रमणकाे कारण मनकामना मन्दिर आम भक्तजनकाे लागी खाेल्ने तयारी अन्याैलमा रहेकाे मनकामना सम्बद्ध सुत्रले जानकारी गराउनु भएकाे छ ।

    हाल काेराेना महामारीकाे कारण मनकामना मन्दिर लगाएत मनकामना बजार र नेपाल कै पहिलाे मनकामना केवुलकार पनि पुर्ण रूपमा बन्द रहेकाे छ ।

    यसैगरी गोरखाको गण्डकी गाउँपालिकाकाे २ जना महिलामा पनि कोरोना पाेजिटिभ देखिएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले नीज महिलाहरू बर्ष २४ र ४४ काे रहेकाे जानकारी दिएको छ।