× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५००६ जनाको पिसिआर परीक्षण, १७४१ जना कोरोना भाइरस संक्रमित थपिए

    ४ वर्ष पहिले

    कार्तिक १०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४१ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ । २४ घण्टामा ५ हजार ६ जनाको पिसिआर परीक्षण भएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय ९३ रहेको छ । संक्रमित मध्ये १० हजार ६ सय ८६ संस्थागत आइसोलेसनमा छन् भने ३२ हजार ६ सय ७ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ६ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७२.४ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १५ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ ।

    हाल क्वारेन्टिनमा २ हजार ९ सय ६९ जना रहेको छ ।त्यसैगरी आईसीयूमा २८५ र भेन्टिलेटरमा ६४ जनाको उपचार भइरहेको छ।