× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    इटालीमा संक्रमण रोक्न लगाइएको प्रतिबन्ध विरुद्ध हिंसात्मक प्रदर्शन

    ४ वर्ष पहिले

    कोरोना संक्रमण रोकथामका लागि भन्दै दोस्रो पटक प्रतिबन्ध लगाइएपछि इटालीका विभिन्न शहरमा विरोध प्रदर्शन चर्केको छ।विरोध प्रदर्शनका क्रममा हिंसात्मक घटना पनि भएका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।इटालीको मिलान, तुरिन, नेपल्स लगायतका शहरहरुमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

    तुरिनमा प्रहरीमाथि पेट्रोल बम प्रहार गरिएको छ भने पसलहरुमा तोडफोड समेत भएको छ।मिलानमा प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले ठूलो मात्रामा अश्रु ग्यास प्रहार गरेको छ।सरकारले रेष्टुरेन्ट, सिनेमाघर, बार, जिम लगायतका क्षेत्रहरु बन्द गर्न आदेश गरेपछि इटालीमा हिंसात्मक प्रदर्शन सुरु भएको हो।इटाली कोरोना संक्रमणको सुरुवाती चरणमा सबैभन्दा धेरै प्रभावित देशहरु मध्ये एक थियो।अहिले इटालीमा संक्रमणको दोस्रो लहर सुरु भएपछि सरकारले विभिन्न क्षेत्रमा प्रतिबन्ध गर्ने घोषणा गरेको हो।