४ वर्ष पहिले
कार्तिक १२,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५४ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ ।
२४ घण्टामा ८ हजार २ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १४ लाख ८ हजार ९ सय ४२ जनाको पिसिआर भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ रहेको छ । संक्रमितमध्ये ७ हजार ७ सय ९ संस्थागत आइसोलेसनमा छन् भने ३१ हजार ९ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७५ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको छ ।
हाल क्वारेन्टिनमा २ हजार ८ सय ८९ जना रहेको छ । त्यसैगरी आईसीयूमा २९० र भेन्टिलेटरमा ७२ जनाको उपचार भइरहेको छ।