× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    फ्रान्समा गोली प्रहारबाट पादरीको हत्या प्रयास

    ४ वर्ष पहिले

    फ्रान्समा फेरि आक्रमण भएको छ । चक्कुले हानेर तीन जनाको हत्या भएको घटना सेलाउन नपाउँदै लियोन सहरमा फेरि एक जना पादरीलाई गोली हानिएको हो।

    बन्दुक आक्रमणमा एक जना पादरी घाइते भएका छन् ।अधिकारीहरुका अनुसार फ्रान्सको शहर लियोमा ग्रिक अर्थोडक्स पादरीमाथि गोली प्रहार भएको हो । गोली हानेर आक्रमणकारी भागेको थियो । प्रत्यक्षदर्शीले दिएको हुलियाको आधारमा प्रहरीले एक जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । उनको साथबाट एउटा सटगन बरामद भएको छ ।

    मिडिया रिपोर्टका अनुसार चर्च बन्द गर्ने बेलामा स्थानीय समयअनुसार साँझ करिब चार बजे पादरीमाथि गोली प्रहार भएको थियो । उनको पेटमा दुईवटा गोली लागेको छ । उनलाई अस्पतालमा भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।पादरीमाथि आक्रमण गर्नुको कारण खुलेको छैन । स्थानीय प्रशासनले भने पादरीको हत्या प्रयास भएको भन्दै अनुसन्धान सुुरु गरेको छ ।

    यो घटनाभन्दा अगाडि दक्षिणी फ्रान्सको निस शहरको एक चर्चमा चक्कु आक्रमण हुँदा तीन जनाको मृत्यु भएको थियो । यस्तै राजधानी पेरिसमा एक शिक्षकको शीर छेदन गरी हत्या भएको थियो ।फ्रान्सेली राष्ट्रपति इम्मानुयल म्याक्रोले यी आक्रमणहरुलाई ‘इस्लामिक आतंकवादी हमला’ भनेका छन् । साथै अतिरिक्त सुरक्षा बललाई सार्वजनिक स्थानहरुमा परिचालित गरिएको छ ।