× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पूर्वसभामुख महराकी पत्नी कोरोना संक्रमणबाट निधन

    ४ वर्ष पहिले

    काठमाडौं- पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ। उनको उपचारका क्रममा आज बिहान ६:२५ बजे नर्भिक अस्पतालमा निधन भएको हो। यही दसैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पताल भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

    नर्भिकमा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान ६:२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।महरा माइस्थेनिया नामक रोगबाट १० वर्षदेखि पीडित थिइन।