४ वर्ष पहिले
कार्तिक २०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ३ हजार ५१ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।
२४ घण्टामा १३ हजार ६८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १५ लाख ७ हजार १ सय ९० जनाको पिसिआर भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २९ हजार ५ सय ७४ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ९ सय ४० रहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३० जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ७९.८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १८ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ ।
हाल क्वारेन्टिनमा १ हजार २ सय ३२ जना रहेको छ ।त्यस्तै आइसीयूमा अहिले ४२८ जना र भेन्टिलेटरमा ७४ जनाको उपचार भईरहेको छ ।