× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २७५३ जना कोरोना भाइरस संक्रमित थपिए,थप १७ जनाको मृत्यु

    ४ वर्ष पहिले

    कार्तिक २२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा २ हजार ७ सय ५३ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।
    २४ घण्टामा १० हजार ४ सय २३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १५ लाख २७ हजार ७ सय ६६ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको छ ।
    पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८०.९४ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १७ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ ।
    हाल क्वारेन्टिनमा १ हजार १ सय १४ जना रहेको छ ।त्यस्तै आइसीयूमा अहिले ३६५ जना र भेन्टिलेटरमा ७६ जनाको उपचार भईरहेको छ ।