× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २८१७ जना कोरोना भाइरस संक्रमित थपिए,थप २१ जनाको मृत्यु

    ४ वर्ष पहिले

    कार्तिक २३,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय १७ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।
    २४ घण्टामा १२ हजार ३ सय ११ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १५ लाख ४० हजार ७७ जनाको पिसिआर भएको जनाईएको छ ।
    देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ । संक्रमितमध्ये ६ हजार २ सय २२ संस्थागत आइसोलेसनमा छन् भने २९ हजार १ सय ९७ जना होम आइसोलेसनमा रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८१.१ रहेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप २१ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।
    हाल क्वारेन्टिनमा १ हजार १ सय ४९ जना रहेको छ । त्यसैगरी आईसीयूमा ३९८ र भेन्टिलेटरमा ८२ जनाको उपचार भइरहेको छ।