× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपिएलमा दिल्लीले हैदराबादलाई पराजित गर्दै पहिलो पटक फाइनलमा

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राती सम्पन्न सेख ज्यायद क्रिकेट स्टेडियममा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउँदै इतिहास रचेको हो ।


    टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १८९ रन बनायो । दिल्लीका लागि शिखर धावनले अर्धशतकीय पारी खेले ।

    ५० बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ७८ रनको योगदान गरे । त्यस्तै सिमरन हेटमायरले ४२ रन बनाउँदा मार्कुस स्टोइनिसले ३८ रनको योगदान गरे ।
    बलिङतर्फ हैदरावादका लागि सन्दीप शर्मा, जेसन होल्डर र साशिद खानले समान एक–एक विकेट लिए ।
    १ सय ८० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाउन सक्यो ।
    सनराइजर्स हैदराबादका लागि मध्यक्रमका केन विलियम्सनले ४५ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । हैदराबादका लागि अब्दुल सामदले ३३ रन ,गर्गले १७ रन र मनिष पान्डे २१ बाहेक अन्य खेलाडिले आवश्यक रन बनाउन सकेन् ।
    बलिङतर्फ दिल्लीका लागि कागिसो रबाडाले ४ , मार्कस स्टोइनिसले ३ र अक्षर पटेलले १ विकेट लिए ।
    यो जितसंगै दिल्लीले उपाधिको लागि फाइनलमा मंगलबार मुम्बई इन्डियन्ससँग खेल्ने छ ।