× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    बहराइनका प्रधानमन्त्री खलिफाको निधन

    ४ वर्ष पहिले

    बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको ८४ बर्षको उमेरमा निधन भएको छ। सन् १९७० मा सत्तामा आएका प्रधानमन्त्री खलिफा विश्वमा सबैभन्दा लामो समयसम्म शासन गर्ने प्रधानमन्त्री हुन ।

    अन्तर्राष्ट्रिय सञ्चार संस्था अलजजिरा को अनुसार प्रधानमन्त्री खलिफाको बुधबार बिहान अमेरिकाको मेयो क्लिनिक अस्पतालमा उपचारका क्रममा निधन भएको बहराइनी रोयल कोर्टलाई उदृत गर्दै जनाएका छन।

    बहराइनका राजाले खालिफाको निधनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन्। भोलिदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा दिइएको छ।