४ वर्ष पहिले
कार्तिक २६,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६९ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।
२४ घण्टामा १० हजार ८१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १५ लाख ७४ हजार २ सय ९५ जनाको पिसिआर भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ रहेको छ । संक्रमितमध्ये १० हजार ५ सय १९ संस्थागत आइसोलेसनमा छन् भने २८ हजार ३ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६६ जना निको भएका छन् । कुल निको हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८१.२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप २६ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ पुगेको छ ।
हाल क्वारेन्टिनमा १ हजार १ सय ९ जना रहेको छ । त्यसैगरी आईसीयूमा ३८२ र भेन्टिलेटरमा ९५ जनाको उपचार भइरहेको छ ।